दफा २५६
व्यक्तिले मुद्दा चलाउनु पर्ने देखिएमा सूचना गर्नु पर्ने

(१) दफा २५४ को उपदफा (५) बमोजिम मिसिल अध्ययन गर्दा त्यस्तो मुद्दा सरकार बादी भई चलाउनु पर्ने नदेखिई कानूनबमोजिम मर्का पर्ने व्यक्तिद्वारा चलाउनु पर्ने देखेमा सरकारी वकिलले सोही बमोजिमको निर्णय गरी सो कुराकोसूचना सम्बन्धित व्यक्तिलाई दिनु भनी मिसिल पठाउने अधिकारीलाई सूचना दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सूचना पाएको मितिले सम्बन्धित व्यक्तिको हकमा कानून बमोजिमको हदम्यादको गणना हुनेछ ।